काठमाडौं, १६ मंसिर । एमालेको महाधिवेशनको तयारी तीब्र भएको छभने मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाटै नियमित काम शुरु भएको थाहाभएको छ । प्राप्त समाचारअनुसार एमालेले ललितपुरको च्यासलस्थित पुरानै केन्द्रीय कार्यालयबाट पार्टीको नियमित काम शुरु गरेको छ । मर्मतसम्भारगरी पुरानै भवनबाट पार्टीको काम शुरु गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभएको छ । उहाँले पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिवको कार्यकक्ष मर्मतगरी बस्नु थाल्नुभएको छ । पार्टीका सबै कामकारबाही पुरानै भवनबाट शुरु गरिएको छ भन्नुभयो । पार्टी महासचिव शंकर पोखरेल पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नै कार्यकक्षबाट शुरु गर्नुभएको छ । आगजनी र तोडफोड भएपछि एमाले कार्यालय टेन्ट टाँगेर सञ्चालन गरिएको थियो । कार्यालय सचिव डा अधिकारीले केन्द्रीय कमिटी बैठक सभाहल र अन्य साना केही कोठामात्र मर्मतगर्न बाँकी रहेको बताउनुभएको छ । गत भदौ २४ गते भएको जेनजीको आन्दोलनकाक्रममा तोडफोड र आगजनीबाट क्षतिभएको पार्टी कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने भनेपछि मर्मत गरिएको हो । गत भदौ २४ गते भएको जेनजीको आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित देशभर ६४ पार्टी कार्यालयमा तोडफोड र १५८ भन्दा बढी नेता तथा कार्यकर्ताका निजी घर र व्यवसायसमेत क्षतिग्रस्त भएका थिए ।

यसैबीच सो पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले ११ औँ राष्ट्रिय महाधिवेशन नेतृत्व चयनको महाधिवेशन हुने बताउनुभएको छ । प्रेस चौतारी नेपालले हिजो आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले नीति महाधिवेशन सम्पन्न गरिसकेकाले अब नेतृत्व चयनको महाधिवेशन हुने बताउनुभएको हो । उपमहासचिव गुरुङले पार्टी र पार्टी अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता पक्षमा उभिएकाले केही विमति भए पनि राष्ट्रिय स्वाधीनताको पहलेदारभने पक्कै रहेको बताउनुभएको थियो । उहाँले कम्युनिष्ट आन्दोलनको मुद्धा र राष्ट्रिय स्वाधीनताको मुद्धा बोक्ने नेता ओलीलाई नै फेरि पनि पार्टी नेतृत्वमा लैजानुपर्ने बताउनुभयो । जनताको बहुदलीय जनवाद (जबज)को उत्तरअधिकारी कुनै परिवारको सदस्य नभई पार्टी अध्यक्षको हैसियतले ओली नै रहेको गुरुङको भनाइ थियो । उहाँले जबज भनेर हिँडेका मान्छे धेरै थिए । ती चुनाव हार्दै पार्टी छोड्दै हिँडे ।

त्यही भएर उनीहरु कोही पनि जबजको उत्तराधिकारी होइनन् । जबजको व्याख्या र कार्यान्वयनगर्ने व्यक्ति केपी ओलीनै हुनुहुन्छ भन्नुभएको थियो । कार्यक्रममा एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले लेख्नुभएको ‘जनताको बहुदलीय जनवादका आधारहरु’ पुस्तक विमोचन गरिएको थियो ।