काठमाडौं, २ असार । क्रान्तिकारी कम्युनिष्ट पार्टीले सुस्तामा भएको भारतीय हस्तक्षेपप्रति चासो राखेको छ । यसैक्रममा सो पार्टीले भारतीय सीमा सुरक्षा बलको प्रतिकारगर्ने सुस्ताबासीलाई अभिनन्दन गरेको छ । सो पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओलीले एक प्रेस वक्तव्यमार्फत् सुस्ताबासीलाई अभिनन्दन गर्नुभएको हो । उहाँले बक्तब्यमा भन्नुभएको छ–प्रधानमन्त्री वालेन्द्र साहले संसदमा नेपालले पनि भारतको धेरै जग्गा मिचेको रहेछभनी अभिव्यक्ति दिएको १२ दिनपछि सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेशगरेको छ । सुस्तावासी जनताले उक्त सुरक्षावलसँग नेपाली भूमिमा प्रवेश गर्नेवित्तिकै प्रतिकारगरेका छन् र उक्त बल आलटाल जवाफदिदै त्यहाँबाट फर्कन बाध्यभएको छ ।

त्यसरीनै प्रधानमन्त्रीले सदनमा उपरोक्त अभिव्यक्ति दिएको दुई दिनपूर्व धनैया खोलामा नेपालले गर्नथालेको तटबन्ध रोक्न भारतीय सीमा सुरक्षा बलले धम्की दिएको थियो । सुस्ता बचाउन सुस्ताबासीले पटक,पटक शहादतको कोटा समेत चुक्तागरेका छन् । हामी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको तर्फबाट यस्ता साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेपप्रति मौन रहने दलाल पूँजीवादी, राष्ट्रघाती र फासीवादी सरकारको घोर भत्र्सना र निन्दागर्दै सुस्तावासी जनताको राष्ट्रवादी प्रतिकारका लागि अभिनन्दन गर्दछ ।

बक्तब्यको अन्त्यमा हाम्रो पार्टी सुस्तावासी जनताको पक्षमा बोल्दै र भौतिकरुपमा जनतासँग रहेर राष्ट्रवादी आन्दोलनमा सहभागी हुँदैआएको छ तथा फेरि पनि नेपालको कुनै पनि स्थानमा एकइन्च भूभाग नछोड्ने तथा सुस्ता बचाऊ आन्दोलन जारीराख्ने प्रतिवबद्धता जाहेर गर्दछ । यसकासाथै पार्टीका सम्बन्धित निकायलाई त्यहाँका जनताको राष्ट्रवादी आन्दोलनमा सहभागी हुन पनि निर्देशन गर्दछ भनिएको छ ।