
काठमाडौं,११ पुस । लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बैठक आज बिहान उदयपुरमा शुरुभएको छभने बसाहमा किसान भेला तथा १३३ औ माओ जयन्तीको कार्यक्रम आयोजना गरिएको छ । आज बिहान ११ बजेबाट किसान मार्चपास हुन लागेको थाहा भएको छ ।
सो मार्चपासको उद्घाटन नेकपाका संयोजक लोकनारायण सुवेदीबाट स्थानीय कभर्ड हलमा हुँदैछ । सोही स्थानमा किसानहरुको राष्ट्रिय भेला अन्तर्गत बन्दसत्र समेत हुने कार्यक्रम छ ।