
काठमाडौं,५ असार । नेपाल सरकारले संयुक्त राज्य अमेरिका र इरानबिच भएको इस्लामाबाद समझदारीपत्रमा भएको हस्ताक्षरलाई स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले जारीगरेको वक्तव्यमा नेपालले यसअघि ८ अप्रिल २०२६ मा घोषणा गरिएको युद्धविरामको स्वागत गरेको स्मरण गराउँदै संयुक्त राज्य अमेरिका र इरानका राष्ट्रपतिबिच शान्ति सम्झौतामा हस्ताक्षर हुनु कूटनीतिक प्रयासहरुको सफल परिणति भएको उल्लेख गरेको छ ।
मन्त्रालयका अनुसार नेपाल सरकारले द्वन्द शुरुभएदेखि नै पश्चिम एशियाको अवस्थाको नजिकबाट हेर्दैआएको छ । उक्त द्वन्दले नेपालसहित विश्व अर्थतन्त्रमा व्यापक प्रभाव पारेको भन्दै सरकारले शान्ति सम्झौताले पश्चिम एसियामा दीर्घकालीन शान्ति र स्थायित्व कायमगर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । वक्तव्यमा द्वन्दका कारण प्रभावित समुद्री यातायात तथा जलमार्ग सञ्चालनलाई पुनः सामान्य बनाउन पनि उक्त सम्झौताले योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
नेपालले शान्ति प्रक्रियामा मध्यस्थकर्ताको भूमिका निर्वाहगर्ने मुलुकहरुको महत्वपूर्ण योगदानको प्रशंसागर्दै क्षेत्रीय तथा विश्वव्यापी शान्ति र स्थायित्व प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय समुदायबाट भइरहेका सबै प्रयासप्रति आफ्नो समर्थन दोहो¥याएको छ ।