काठमाडौं, ७ असार । आज सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा चितवनको भरतपुरका शुरु हुँदैछभने कडा सुरक्षाका साथै चिकित्सक–स्वास्थ्यकर्मीसहित एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको थाहाभएको छ । महाधिवेशनको उद्घाटन नै पार्टीका सभापति र प्रधानमन्त्रि दुईजनाबाट हुँदैछ । समूहगत रुपमा उम्मेदवार हुन रोकलगाइएको छ । महाधिवेशन मूल आयोजक समितिको स्वास्थ्य उपसमितिका संयोजक डा मनोहर प्रधानका अनुसार महाधिवेशन उद्घाटन सत्रमा सुविधासम्पन्न एम्बुलेन्ससहित चिकित्सक, नर्स र पारामेडिक्सको व्यवस्था गरिएको छ । उद्घाटन स्थलको तीन ठाउँमा स्वास्थ्य डेस्क रहने ब्यवस्था छ ।

आकस्मिक उपचारका लागि आवश्यक औषधि, कीटहरुसहित आकस्मिक सेवा दिइने र थप उपचार आवश्यक भएमा जिल्लाका ठूला अस्पतालहरुमा लगिने तयारी पनि छ । प्रधानकाअनुसार प्रमुख जिल्ला अधिकारीको रोहवरमा जिल्लास्थित अस्पतालका सञ्चालक र प्रहरी रहेको स्वास्थ्य उपचारका लागि समन्वय समिति बनाइएको छ । समितिले आवश्यकताअनुसार अस्पतालहरुमा समन्वयगरी उपचारको व्यवस्था गर्ने डा प्रधानले बताउनुभएको छ । जिल्लाका अस्पतालहरुलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ । उद्घाटन सत्र भरतपुरको गेष्टहाउस चौरमा हुनेछभने बन्द सत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भनिएको छ ।

महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि रहने अनमान छ । पर्यवेक्षक र शुभेच्छुकहरु ठूलो संख्यामा आउने भएकाले सोही अनुरुप तयारी गरिएको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुरले रास्वपाको महाधिवेशनमा सहभागी हुने सेवाग्राहीको चापलाई मध्यनजरगर्दै दूरसञ्चार सेवाको क्षमतासमेत विस्तार गरिएको थाहा भएको छ । भरतपुरस्थित मुख्य टावर तथा आसपासका अन्य टावरमा विशेष एन्टेना र अतिरिक्त उपकरण जडानगरी नेटवर्क क्षमता वृद्धि गरिएको सो कार्यालयले जनाएको छ ।