
काठमाडौं,२९ कात्तिक । बंगलादेशले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको भारतबाट सुपुर्दगी गराउने प्रयास थालेको छभने सो कार्यले बंगलादेशमा फेरी अस्थिरता बढ्ने संकेत देखिएको छ । हसिनालाई भारतबाट फिर्ता ल्याउन आवश्यक सबै कानूनी प्रक्रिया पूराभएको बंगलादेशले जनाएको छ । अब उनको सुपुर्दगीबारे भारतको निर्णय पर्खिरहेको बंगलादेशका कानूनमन्त्री मोहम्मद असदुज्जमानले बताएको ढाका ट्रिब्युनले जनाएको छ ।
सन् २०२४ मा प्रदर्शनकारीमाथि भएको दमनसँग सम्बन्धित मानवताविरुद्धको अपराधमा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२५ नोभेम्बरमा हसिनालाई मृत्युदण्ड सुनाएको थियो । १६ वर्ष सत्तामा रहेकी हसिना विद्यार्थी आन्दोलन चर्किएपछि २०२४ को अगष्टमा देश छाडेर भारतको शरणमा पुग्नुभएको थियो ।
कानूनमन्त्रीले सन् १९७३ को अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण ऐनको धारा ४७९(३) उद्धृतगर्दै हसिनाले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्न समेत नपाउने बताउनुभएको छ । हसिनाले आउँदो डिसेम्बरमा स्वदेश फर्कने इच्छा व्यक्त गरेपछि बंगलादेशमा तनाव बढेको जानकारहरुको भनाई छ ।