लण्डन, ८ असार । बेलायतका प्रधानमन्त्री किर स्टार्मरलाई पद छोड्न राजनीतिक दवाव बढेको बेलायती सञ्चारमाध्यमले आइतबार जनाएका छन् । द अब्जर्भर र द गार्डियन ले जुन २१ मा जारी उहाँबारे रिपोर्टमा उहाँले आज सोमबार राजीनामा दिने घोषणा गर्ने अपेक्षा गरिएको छ । द अब्जर्भरले स्टार्मर निकटस्थ लेबर पार्टीका एक अधिकारीलाई उद्धृतगर्दै भनेको छ–प्रधानमन्त्री स्टार्मरले सम्मान कायम राख्दै प्रधानमन्त्री कार्यालयमा खालीपन नछोड्ने तर सावधानीपूर्वक तर्क र ढिलो प्रक्रिया अघिबढाउने योजना बनाउनुभएको छ । ती अधिकारीले स्टार्मरले वास्तविकता स्वीकार गरेको देखिनुहुन्छ । आफ्नो पदमा रहँदा अराजकता रोक्न नसकिने भएकाले अब एउटै विकल्प बाँकी रहेको प्रधानमन्त्री स्टार्मर सोचेको हुनसक्ने देखिएको छ तर घोषणा गरिहाल्न देश र पार्टीप्रतिको जिम्मेवारीले अलमल गरिरहनुभएको हुनसक्छ भनेका छन् ।

स्टार्मरमाथि असफल आर्थिक नीति र स्थानीय निर्वाचनमा भारी पराजयका कारण राजीनामा दिने दबाब बढ्दैगएको थियो । यसका साथै, यौन अपराधी जेफ्री एपस्टिनसँग निकट सम्बन्ध रहेको आरोप लागेका पूर्व वरिष्ठ सल्लाहकार पिटर म्यान्डेल्सनलाई अमेरिकाको राजदूतमा नियुक्त गरेको कारणले संकटलाई थप बढाएको छ । स्टार्मरको समर्थन आधार ‘आफन्त र निकटतम साथीहरुको सानो घेरा’ मा सीमित भएको रिपोर्ट छ । क्याबिनेटको रक्षा नीतिको मुख्य स्तम्भ मानिनुहुने बेलायतका रक्षा मन्त्री जोन हिलील दीर्घकालीन रक्षा लगानी योजना घोषणा गर्न ढिलाइ भएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेपछि जुन ११ मा राजीनामा दिनुभएको थियो । उहाँले प्रधानमन्त्रीसँग राष्ट्रिय रक्षाका लागि आवश्यक स्रोत उपलब्ध गराउने क्षमता थिएन र अर्थमन्त्रालयले पनि कुनै इच्छा देखाएन भन्नुभएको थियो । यो आलोचनासँगै विश्वासपात्र मानिएका मन्त्रीको राजिनामाले स्टार्मरको क्याबिनेटको स्थिरतालाई ठूलो धक्का दिएको छ ।

ग्रेटर म्यान्चेस्टरका मेयर र चर्चित उम्मेदवार एन्डी बर्नह्याम ले १९ जुनमा आफ्नो क्षेत्रको उपनिर्वाचनमा अप्रत्याशित भारी जित हासिल गरेपछि लेबर पार्टीभित्र नेतृत्व परिवर्तनको दबाब तीव्र बनेको छ । उहाँले ५४.८% मत प्राप्त गर्दै रिफर्म यूके लाई ठूलो अन्तरले हराउनुभएको थियो । द अब्जर्भरका अनुसार क्याबिनेट तथा प्रधानमन्त्री कार्यालयका निकट सल्लाहकारहरुसँगको छलफलपछि स्टार्मरले आफ्नो पद टिकाउने शक्ति अब नभएको निष्कर्ष निकालेका बताउने गरिएको छ । यसअघि सरकारका अधिकारीहरुले राजीनामाको अफवाहलाई अस्वीकार गरेका थिए, तर डेली टेलिग्राफले एक वरिष्ठ सरकारी अधिकारीलाई उद्धृतगर्दै स्टार्मरलाई खेल सकिएको थाहा छ र उहाँ आफ्नो पदलाई कसरी सम्मानजनक बनाउने भन्ने सोचिरहनुभएको छ भनेको छ । यदि स्टार्मरले राजीनामा दिनुभयोभने बेलायतमा १० वर्षमा छैठौँ प्रधानमन्त्रीको राजीनामा आउने छ । बेलायती कानूनले आम निर्वाचनबिना नै प्रधानमन्त्री फेर्न सकिने भएपनि बारम्बार नेतृत्व परिवर्तनले देशमा राजनीतिक अस्थिरता र संकटको प्रतीक रहेको चिन्ता बढ्दै गएको छ । रासस, एएफपी