
काठमाडौं,७ असार । बर्तमान सरकारको १०० दिन निराशाजनक भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दाबिगरेको छ । सो पार्टीले सरकारको कमीकमजोरीबिरुद्ध सशक्त रुपमा खवरदारीगर्ने जनाएको छ । सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हिजो बसेको संसदीय दल कार्यसमितिको बैठकले बर्तमान सरकारको काम कारवाहीको प्रारम्भिक समीक्षागर्दै उपरोक्त ठहर गरेको हो । नेकांका महामन्त्री प्रदीप पौडेलले सदनमार्फत सरकारका कमीकमजोरीबिरुद्ध सशक्तरुपमा खवरदारीगर्ने निर्णय भएको जानकारी दिनुभएको छ ।
बैठकमा सांसदहरुलाई राष्ट्रिय मुद्धाहरुलाई उठानगर्ने, जनजीविकाका सरोकारहरुलाई प्रभावकारीरुपमा सदनमा प्रस्तुतगनेर्, संसदीय दल र पार्टीबीच समन्वयगर्ने बिषयमा जानकारी दिने निर्णय भएको उहाँले बताउनुभएको छ । महामन्त्री पौडेलले प्रमुख प्रतिपक्षी दलले सदनमा निरन्तर आफ्ना बिषय राख्दा पनि सरकारले नसुनेकोभन्दै निरन्तर रुपमा खबरदारी गरिराख्ने समेत निर्णय गरेको छ । नेकांले सरकारले १०० दिनमा १० वटा काम समेत गर्ननसकेको ठहरगरेको बताइएको छ ।