काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी सम्बद्ध क्रान्तिकारी प्रेस संगठनको तेश्रो राष्ट्रिय भेला आज ललितपुरको कुपनडोलमा सम्पन्न भएको छ । भेलाले नारायण पंगेनीको संयोजकत्वमा १० सदस्य पछि थपगर्ने गरी ३१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । समितिको संयोजकमा नारायण पंगेनी, सदस्यहरुमा गोविन्द काफ्ले, अनु निरौला, मनु विक, सागर श्रेष्ठ, प्रेम कडेल, दामोदर खनाल, कुमार भट्टराई, धनन्जय अवस्थि, रवि पाण्डे, झनक श्रेष्ठ, टेकहिर न्यौपाने, विष्णु शर्मा,विष्णु आले, ईश्वरी प्रसाद गैरे, बुद्धिराम गैरे, शोभा नेपाली राना, नहकुल चौलागाई, अमीरमैया रञ्जित, अर्पणा श्रेष्ठ, दिलिप थापालाई निर्वाचित गरेको हो ।
उद्घाटन सत्र समापन लगत्तै शुरुभएको बन्द सत्रले संयोजक पंगेनीले प्रस्तुत गरेको प्रतिवेदन र संगठनका पूर्व अध्यक्ष इन्द्र राउतले प्रस्तुत गरेको विधानमाथि व्यापक छलफल पश्चात सर्वसम्मत रुपमा पारित गरेको थियो । बन्द सत्रमा हुकुमबहादर सिंह, हिरामणि दुःखी र इन्द्र राउतको एक अध्यक्ष मण्डल बनाइएको थियो । बन्द सत्रको अध्यक्षता हुकुमबहादुर सिंहले गर्नुभएको थियो भने सञ्चालन इन्द्र राउतले गर्नुभएको थियो । विधान र प्रतिवेदन पारित भएपछि अध्यक्ष मण्डलका अध्यक्ष सिंहले संयोजकसहितको प्यानल प्रस्ताव गर्नुभएको थियो ।