काठमाडौं,५ असार । एमालेका अध्यक्ष केपी ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आक्यांक्षा पूरागर्ने स्पष्ट खाका एमालेसँग मात्र रहेको दाबी गर्नुभएको छ । कपिलवस्तुको चन्द्रौटामा हिजो आयोजित पार्टीको सुझाव संकलन कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधनगर्दै उनले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले एमाले विचार र संगठनमा बाँधिएको बलियो शक्ति भएकाले विरोधीहरुले फैलाएको भ्रमका पछाडि नलाग्न पार्टीपंतीलाई आह्वान गर्नुभएको थियो । उहाँले एमाले अरुले भनेजस्तो सिद्धिएको छैन, हामी सिद्धिएका छैनौं, हामीसँग बलियो जनाधार, योग्य जनप्रतिनिधि र जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा देशको समग्र रुपान्तरणगर्ने स्पष्ट दृष्टिकोण छ भन्नुभएको थियो । उहाँले एमाले नेतृत्वको सरकारले विगतमा गरेका कामहरुलेनै पार्टीको सामथ्र्य पुष्टिगर्ने दाबि पनि गर्नुभएको थियो ।
भूकम्पपछिको पुनर्निर्माण, सामाजिक सुरक्षाका नयाँ कार्यक्रम, सडक तथा पूर्वाधार विकास र राष्ट्रियताका पक्षमा लिएका दृढ अडानका कारण विपक्षीहरु अत्तालिएको उहाँको टिप्पणी थियो । उहाँले हामीले सरकारमा रहँदा गरेका ऐतिहासिक काम मननपराउने विरोधीहरुले वैधानिकरुपमा नसकेपछि विध्वंश मच्चाएर सत्तापलट गरेका हुन् । सुकुम्वासी माथिको ज्यादती, ट्रेड यूनियन, सञ्चारमाध्यम र बिद्यार्थी संगठनमाथि भइरहेका हमलाका विरुद्ध एमालेले सशक्त प्रतिकारगर्ने चेतावनी पनि दिनुभएको थियो । उहाँले प्रधानमन्त्रीको षडयन्त्रपूर्ण अभिव्यक्ति र देशविरोधी क्रियाकलापलाई उच्च मनोबलका साथ पराजित गर्नुपर्ने बेलाआएको बताउनुभएको थियो । पार्टीभित्र देखिएको सांगठानिक अराजकतालाई अन्त्यगर्न केन्द्रीय कमिटीले गम्भीर र कठोर निर्णयहरु लिने तयारी गरेकोसमेत उहाँले बताउनुभएको थियो ।
यतिबेला पार्टीमा सुदृढ एकताको खाँचो रहेको बताउँदै अध्यक्ष ओलीले यो पार्टी धेरैको रगत–पसिना र बलिदानबाट बनेको हो, यसलाई कसैले भत्काउन खोजे पनि सफल हुन दिन्नौँ, तपाईंहरुले महाधिवेशनबाट छानेको अध्यक्षले कहिल्यै अनैतिक काम गर्दैन र सत्यको बाटो छाड्दैन भन्नुभएको थियो ।