काठमाडौं, ८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनजना पूर्वअध्यक्षहरु पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले एक संयुक्त विज्ञप्ति जारीगर्दै पार्टी फुट्न नदिने उद्घोष गर्नुभएको छ । गत शनिबार सम्पन्न राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महाधिवेशन आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमागर्ने निर्णय गरेपछि उहाँहरु हिजो आइतबारबाट सक्रिय हुनुभएको हो । उहाँहरुले महाधिवेशनगर्ने निर्णय स्वागतयोग्य रहेको बताउनुभएको छ ।
यसअघि उहाँहरुले नै राप्रपाको केन्द्रीय समितिको बैठक बहिष्कार गनुृभएको थियो । उहाँहरुले बक्तब्यमा राप्रपा तथा यसको विचार, आदर्श र लक्ष्यप्रतिको हाम्रो प्रतिबद्धता सधैँ अटल र अविचल छ भन्नुभएको छ । महामन्त्री धवलशमशेर राणाले पार्टी छोडेपछि उनीहरु अध्यक्ष राजेन्द्र लिङ्देनसँग तीन पूर्व अध्यक्ष थप आक्रोशित हुनुभएको थियो ।
विज्ञप्तिमा पार्टी कमजोर बन्दैगएको र कार्यकर्तामा निराशा बढिरहेको अवस्थामा आफूहरु मूकदर्शक बनेर बस्न नसक्ने उल्लेखगर्दै उहाँहरुले कुनै व्यक्तिगत स्वार्थ, पदलोलुपता वा गुटगत राजनीति नगर्ने दाबी गर्नुभएको छ । के भनिन्छ भने तीन पूर्ब अध्यक्षको सक्रियताले राजेन्द्र लिङदेनको पुन अध्यक्ष बन्ने सपनामा ठेस पुगेको छ ।