
काठमाडौं,३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति बैठक भोली असार ४ गते मध्यान्ह साढे १२ बजेका लागि आह्वान गरेको छ । प्रवक्ता मोहन श्रेष्ठकाअनुसार केन्द्रीय समितिको एजेन्डालगायत विषयमा छलफलगर्न बैठक बस्न लागेको हो ।
प्रवक्ता श्रेष्ठका अनुसार केन्द्रीय समिति बैठक असार ५ र ६ गते बस्दैछ। यसपटकको केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशनकेन्द्रित हुने र बैठकले महाधिवेशनको मिति तोक्ने बताइन्छ । महामन्त्री रहनुभएका धवल शम्शेर राणालगायत विभिन्न तहका १८६ जना नेताहरुले पार्टी परित्याग गरेपछि पहिलो पटक राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।