
काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले सो पार्टिको चितवनको भरतपुरमा भैरहेको पहिलो महाधिवेशन बहिष्कार गर्नुभएको छ । सर्लाही–४ मा कांग्रेस सभापति गगन थापालाई हराएका सांसद डा. सिंह पार्टीको महाधिवेशनको उद्घाटनमा नदेखिएपछि सो पार्टीमा हलचल भएको थियो । सिंह महाधिवेशनमै सहभागी नभएको उहाँका स्वकीय रञ्जित झाले पनि पुष्टि गर्नुभएको छ । आज पनि सांसद सिंह काठमाडौंमै रहनुभएको छ ।
सिंहले पार्टीभित्र केही समयदेखि फरक मत राख्दै आउनुभएको थियो । सार्वजनिक रुपमै पनि उहाँले प्रधानमन्त्रि वालेन्द्र शाहका गतिबिधिप्रति असन्तुष्टि ब्यक्त गनुृभएको थियो । संसदमा पनि उहाँले सरकारका काम कारवाहीप्रति असन्तुष्टि ब्यक्त गर्नुभएको थियो । नेता डा. सिंहले आफू पार्टीको महाधिवेशनमा अनुपस्थित हुनुको कारणबारे कुनै सार्बजनिक जानकारी पनि दिनुभएको छैन । भनिन्छ उहाँले रास्वपाका तराईका जिल्लाका सांसद तथा नेकां÷कार्यकर्तालाई मिलाएर नयाँ पार्टी खोल्दै हुनुहुन्छ ।