काठमाडौं,३ मंसिर । आज चीनका राष्ट्रपति सी जिनपिङ , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच चीनमा पहिलो पटक त्रिपक्षीय बैठक हुँदै छ । उक्त बैठकमा भाग लिन ट्रम्प र पुटिन हिजो बुधबार राति नै चीन पुगिसक्नु भएको छ । गए राति ऐतिहासिक भेट गरेका विश्वका ३ शक्तिशाली नेताले आज औपाचरिक रुपमा त्रिपक्षीय भेटवार्ता गर्ने हुनुभएको छ । दोस्रो विश्वयुद्धपछि यो शीर्ष तीन देशका नेताहरुको पहिलो त्रिपक्षीय बैठक हुनेछ । आजको बैठकमार्फत चीनले आफूलाई एक शक्तिका रुपमा चित्रणगर्न चाहन्छ, जसले संयुक्त राज्य अमेरिका र रुसजस्ता प्रमुख देशहरुलाई वार्ताको टेबलमा ल्याउन सक्छ ।

यसअघि रुसको राष्ट्रपति कार्यालय (क्रेमलिन) ले भिडिओ जारी गर्दै चिनियाँ समयअनुसार बुधबार राति चीनको सेन्जेनमा तीन नेताबिच ऐतिहासिक भेटघाट भएको जनाएको छ । रुसका सञ्चारमाध्यमले सी, पुटिन र ट्रम्पको त्रिपक्षीय भेटलाई ठुलो कूटनीतिक उपलब्धिका रुपमा प्रस्तुत गरिरहेका छन् । रुसका केही सञ्चारमाध्यमले तीन नेताको भेटलाई दिनको सबैभन्दा महत्वपूर्ण तस्बिर भनेका छन्भने एक सरकारी समाचार एजेन्सीले त उक्त दृश्यलाई ऐतिहासिक हस्त मिलन नाम दिएको छ। रुसस्थित बीबीसी पत्रकार लिसा फोख्तकाअनुसार यो क्रेमलिनले संसारसामु प्रस्तुतगर्न चाहेको तस्बिर हो। क्रेमलिनले टेलिग्राममा जारीगरेको एक भिडिओमा पुटिन, ट्रम्प र सी रातो कार्पेटमा सँगै देखिएका छन्।

अगस्ट २०२५ मा अलास्कामा भएको रुस–अमेरिका शिखर सम्मेलनपछि ट्रम्प र पुटिनबिच पहिलोपटक प्रत्यक्ष भेटघाट भएको हो । चीनका राष्ट्रपति सी ले स्थानीय समयअनुसार गएराति आफ्नो देशमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विमानस्थलमै पुगेर स्वागत गर्नुभएको थियो । राष्ट्रपति बनेयता सीले विमानस्थलमै पुगेर कुनै विदेशी नेतालाई स्वागत गरेको यो पहिलोपटक भएको विश्वास गरिएको छ ।