काठमाडौं,१ मंसिर । बर्तमान सरकारले चालु आर्थिक वर्ष ०८३÷८४ को पहिलो तीनमहिना (असोज मसान्त) सम्ममा मुलुकमा सार्वजनिक ऋणको साँवा खर्च तथा ब्याज भुक्तानीमा ९८ अर्ब ८७ करोड ३५ लाख भुक्तानी गरेको थाहाभएको छ । सरकारले उक्त शीर्षकमा चालु आर्थिक वर्षका लागि चार खर्ब १७ अर्ब ८८ करोड विनियोजन गरेकामा सो रकम तीन महिनामा भुक्तानी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

सो कार्यालयले चालु आर्थिक वर्षको असोज मसान्तसम्म अवधिमा दायित्व ३० खर्ब नौअर्ब ११ करोड पुगेको उल्लेखगरेको छ । कूल सार्वजनिक ऋणमा ०८३ साउन १ गतेदेखि प्रथम त्रैमासिकको अवधिमा वैदेशिक ऋणको हिस्सा ५३.१३ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत रहेको छ । जुन कूल ग्राहस्थ्य उत्पादनको करिब ४६ प्रतिशत रहेको छ ।