काठमाडौं,१ मंसिर । नेपाली कांग्रेसको गगन थापा समूहले आजबाट ‘हामी तयार छौँ’ अभियान थालेको थाहा भएको छ । पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित आजदेखि ‘हामी तयार छौँ’ अभियान शुरुगर्न लागिएको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका कमीकमजोरी सच्चाउँदै सशक्त रुपमा उभिन र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाहका लागि योजना बनाउन ‘हामी तयार छौँ’ अभियान सञ्चालनगर्न लागिएको बताउनु भएको हो ।

हल्ला र कानेखुसीले पार्टी कमजोर हुने भएकाले त्यसतर्फ नलाग्न पार्टीका नेता, कार्यकर्तालाई आग्रहगर्दै पौडेलले पार्टीलाई सशक्त बनाउन आपसी सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभएको छ । पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाका बनाउन अभियान शुरुगर्न लागिएको जानकारी दिनु भएको छ । मंसिरभित्रै जिल्ला र प्रदेश अधिवेशनका साथै स्थानीय तह निर्वाचनको तयारीलाई व्यापक बनाइने उल्लेखगर्दै उहाँले शीघ्र अभियानको खाकासहितको सर्कुलर प्रदेश र जिल्ला तहमा पठाइने पनि बताउनुभएको छ ।