काठमाडौं,१ मंसिर । देशभरका किसानहरुले दूधको मूल्य वृद्धिगर्न माग गरेका छन् । यसैक्रममा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले बजारमा दानाको मूल्य वृद्धि भएसँगै दूधको मूल्य वृद्धिगर्न मागगरेको छ । हिजो चितवनमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमार्फत आयोजनागरी दूधको संघका अध्यक्ष किशोर वगालेले दाना चोकरको मूल्य वृद्धि भएसँगे दूधको मूल्य वृद्धि बढाउनुपर्ने बताउनुभएको हो । उहाँले ०७९ सालमा वृद्धिभएको दूधको मूल्य त्यसपछि वृद्धि नभएको बताउनुभएको थियो । अहिले दूध उत्पादक किसानले प्रतिलिटिर चार फ्याट र आठ एचएनएफ भएको दूधको मूल्य ६५ रुपैयाँ पाउने गरेका छन् ।
सो मूल्यलाई बढाएर कच्चा दूध प्रतिलिटर ७५ रुपैयाँ पु¥याउनुपर्ने संघले माग गरेको छ । दाना चोकरको मूल्यवृद्धि भएसँगै दूधको लागत मूल्यमा समेत वृद्धिभएको उहाँले जानकारी दिनुभएको थियो । उहाँले गत दशैँअघि देखि दूधको मूल्य वृद्धिगर्न माग गरिएकोमा अहिलेसम्म पनि वृद्धि हुनसकेको छैन भन्नुभएको थियो । आफूहरुले दूधको मूल्य वृद्धिको माग गर्दै सरोकारवाला निकायमा भेटगरी मूल्यवृद्धिको माग गरेको उहाँको भनाई थियो ।
उहाँले सामान्य अवस्थामा दूधको लागत मूल्य प्रतिलिटर ५५ देखि ६० रुपैयाँ पर्ने गरेको छ । अहिले दाना चोक्करको मूल्य बढेपछि लागत मूल्य पनि बढेको बताउनु भएको थियो । हाल चितवन जिल्लामा दैनिक तीनलाख ५५ हजार लिटर दूध उत्पादन हुँदैआएको बताइन्छ । उत्पादित दूधमध्ये ५५ प्रतिशत बाहिरी जिल्लामा जानेगरेको छ ।