काठमाडौं, १० असार । बिभिन्न पाँचजना श्रष्टाहरु पुरस्कृत हुनुभएको छ । प्राप्त समाचारअनुसार वरिष्ठ गीतकार रमोलादेवी शाह छिन्नलताको सम्मानमा स्थापना गरिएको छिन्नलता गीत पुरस्कार वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठसहित पाँच श्रष्टालाई प्रदान गरिएको छ । छिन्नलता गीत पुरस्कार गुठीद्वारा हिजो आयोजित ४४औँ छिन्नलता गीत पुरस्कार समर्पण समारोहमा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सो पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा ०८२ सालको छिन्नलता गीत विशेष सम्मान वरिष्ठ गायक श्रेष्ठलाई प्रदान गरिएको थियो ।
सो पुरस्कारको राशि एकलाख रहेको छ । त्यसैगरी गीत रचनातर्फ वरिष्ठ गीतकार डा नवराज लम्साल, संगीत सिर्जनातर्फ संगीत कार किरण कँडेल, गायनतर्फ गायिका विमला राईलाई जनही रु एक लाख राशिको छिन्नलता गीत पुरस्कार प्रदान गरिएको थियो । गायिका सारिका घिमिरेलाई छिन्नलता गीत युवा प्रतिभा पुरस्कार प्रदान गरिएको थियो । सो पुरस्कारको राशि ५० हजार रहेको छ । पुरस्कृत व्यक्तित्व डा लम्सालले गीत सभ्यता र गीतकार त्यही सभ्यताको बीज भएको उल्लेखगर्दै सुप्त अवस्थामा रहेका आफ्ना गीतलाई संगीत र स्वरले ब्यूँझाइदिएर अहिलेको अवस्थामा पु¥याइदिने संगीत कार तथा गायक÷गायिकाप्रति आभार प्रकट गर्नुभयो ।
गुठीका सचिव एवं साहित्यका दिनेश अधिकारीले नेपाली गीतसंगीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका गीतकार, संगीत कार र गायक÷गायिकालाई ०३९ सालदेखि गुठीले सम्मान गर्दै आइरहेको जानकारी दिनुभएको थियो । हालसम्म ४० जना गीतकार, ३९ जना संगीतकार, ४१ जना गायक÷गायिका र ४१ जना युवा प्रतिभालाई सो पुरस्कार समर्पण गरिएको गुठीले जनाएको छ । कार्यक्रममा गुठीका उत्तराधिकारी आदिदेवदत्त सिंहले कविता तथा पुरस्कृत व्यक्तित्व विमला राई र सारिका घिमिरेले सांगीतिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।