काठमाडौं ८ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिमा अनुसन्धानको ठूलो महत्व हुने बताउनुभएको छ । राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचानगर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने उहाँको भनाइ छ ।

भक्तपुरमा हिजो शनिबार सम्पन्न दुईदिने ४६औँ नेपालभाषा साहित्य तःमुंज्याको समापन समारोहमा उहाँले राजनीतिक क्षेत्रमा सफल हुन अरुको अनुभवबाट सिक्नुका साथै आफ्नै प्रयास र मेहनतबाट ज्ञान हाशिल गर्नुपर्ने सन्देश दिनुभएको थियो । ‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूलनाराका साथ भक्तपुर नगरपालिका–७ गोमारीस्थित यातामा आयोजित दुईदिने साहित्य सम्मेलनमा नेपालभाषा, साहित्य, कला, संस्कृति र समसामयिक सामाजिक तथा राजनीतिक विषयमा छलफल गरिएको थियो ।