काठमाडौं,१४ साउन । राष्ट्रिय क्रान्तिकारी मोर्चा,नेपालको केन्द्रिय समितिको बैठक संयोजक सन्तबहादुर नेपालीको अध्यक्षतामा बागबजार काठमाडौंमा बस्यो । बैठकमा बिग्रदो र अझ संकटपूर्ण बन्दैगएको देशको राष्ट्रिय स्थितिप्रति गम्भीर चिन्ता ब्यक्तगर्दै मोर्चालाई अझ ब्यापक, सुदृढ र संघर्षशील तुल्याउदै देश र जनताको हितमा अघिबढ्ने सम्वन्धमा बिगतका मोर्चाका गतिबिधिहरुको सबलता र दुर्बलता केलाउनै समीक्षागर्दै महत्वपूर्ण निर्णयहरु लिएको सो मोर्चाले जनाएको छ । जसका लागि थप कार्यक्रम अघिबढाउन नीतिगत निर्णयका लागि आगामी २९ गते बैठक बसेर तयगर्ने निर्णय लिएको भनिएको छ । बैठकले सुनसरी जिल्लाको देवानगञ्ज – ३ कप्तानगञ्जमा ओमप्रकाश मेहताको ज्यान जानेगरी गोली चलाएको घटनालाई अत्यन्तै दुःखद र संबेदनशील ठहरगर्दै स्थानीय जिल्ला प्रशासन र प्रहरीको गम्भीर लापवाही भन्न औंल्याएको छ ।

घटनापछि साम्प्रदायिक दंगा फैलिनु, सेना परिचालन गरिनु र यसलाई मधेश प्रदेश क्षेत्रफरी भडकाउन खोजिनुले स्थितिलाई अझ उत्तेजित पारेको बिश्लेषण बैठकले गरेको सो मोर्चाले जनाएको छ । मृतक युवा मेहताप्रति श्रद्धाञ्जली ब्यक्तगर्दै मोर्चाले निष्पक्ष छानबिनकासाथ वास्तबिक दोषीलाई कडा कारवाहीगर्न, मृतकका परिबारलाई पर्याप्त क्षतिपूर्ति प्रदानगर्न र भरणपोषण र रोजगारीको समेत ब्यवस्थागर्र्न मागगर्दै शोककाकुल परिबारमा मोर्चाले गहिरो समवेदना प्रकट गरेको छ ।

नेपाली जनताकाबीच असमझदारी पैदागर्न, पारस्परिक सद्भाव र सहिष्णुता बिथोल्ने र एकता खल्बलाउने सन्देहास्पद बाह्य तत्वमाथि कडा कारवाहीगर्न र बिथोलिएको स्थितिलाई सामान्य स्थितिमा फर्काउन सम्बद्ध सबैले संयम, धैर्य र परस्पर सम्मानकासाथ भूमिका खेल्न जोडदार आग्रहगर्दै बैठकले त्यस्ता संबेदनशील क्षेत्रहरुमा हुनसक्ने अबाञ्छित घटना रोक्न जन धनको क्षति र साम्प्रदायिक सदभाव खल्बलिन नदिन संबेदनशील क्षेत्रमा पूर्ब सतर्कता र आवश्यक सावधान बर्तिन पनि बैठकले जोडदार माग पनि गरेको छ ।