काठमाडौं,१४ साउन । तत्कालीन राजा ज्ञानेन्द्र शाहका नाती हृदयन्द्र शाहलाई बिभिन्न क्षेत्र र पक्षबाट राजा बन्न प्रस्ताव हुनथालेको छ । यसैक्रममा पूर्ब पत्रकार तथा राजनीतिक विश्लेषक रविन्द्र मिश्रले आज सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामनादिँदै राजा बन्न प्रस्ताव गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा भविष्यमा देशको गद्दी सम्हाल्नका लागि बौद्धिक, मानसिक र भावनात्मकरुपमा तयार रहन आह्वान गर्नुभएको छ ।
शाहलाई सरकार सम्बोधनगर्दै मिश्रले नेपालजस्तो भूराजनीतिकरुपमा संवेदनशील मुलुकमा साझा अभिभावककारुपमा राजसंस्था पुनस्र्थापित हुनु अनिवार्य भइसकेको दाबी गर्नुभएको छ । गत भदौ २३ र २४ गतेका घटनाक्रम तथा बाह्य हस्तक्षेपको सम्भावनालाई समेत उद्धृतगर्दै उहाँले देश थप गम्भीर संकट र अशान्तिमा पर्ननदिन राजसंस्थाको उपस्थिति अपरिहार्य रहेको र त्यो चेतना जनतामा व्यापक बन्दैगएकाले हृदयेन्द्रलाई विश्वकै चुनौतीपूर्ण जिम्मेवारीका लागि पूर्वतयारीगर्न पनि आग्रह गर्नुभएको छ ।