काठमाडौं,३ मंसिर । आज एमालेको राष्ट्रिय भेला सम्पन्न हुँदै छभने आजै केन्द्रिय कमिटीको बैठक पनि बस्नेभएको छ । पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यकाअनुसार भेलाको दोस्रो दिनको कार्यक्रम आज बिहीबार बिहान ८ बजेदेखि शुरुभएको छ । कार्की ब्यांक्वेटमा हिजो बुधबारदेखि शुरुभएको भेलामा आज पूर्वराष्ट्रपति एवं पार्टीका वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले सम्बोधनगर्ने हुनुभएको छ । भेलामा उपाध्यक्ष रामबहादुर थापाले पनि सम्बोधनगर्ने कार्यक्रम छ । पार्टी अध्यक्ष केपी ओलीले आजका दुई कार्यभार र गर्नुपर्ने १५ कामका विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्नुहुने छ । बिभिन्न प्रस्तावहरु पारितगर्दै भेला आज समापनगर्ने कार्यतालिका छ । भेला समापनपछि आजै कार्की ब्यांक्वेटमा केन्द्रिय कमिटीको चौथो बैठकबस्ने आचार्यले जानकारी दिनुभएको छ । एमालेले राष्ट्रिय कार्यकर्ता भेलामार्फत् मुलुकको विद्यमान अवस्था र पार्टी जीवनका समस्यालाई केलाउन थालेको छ । भेलामा केन्द्रिय कमिटी, केन्द्रिय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन तथा बिभिन्न तहका जनप्रतिनिधिसहित करिव तीनहजार ५०० प्रतिनिधिको सहभागिता रहेको छ । भेलामा समसामयिक प्रस्तावहरु पारित गरिनेछ । दिवा भोजनपछि राष्ट्रिय भेलाको समापन हुने भएको छ ।
लोकतान्त्रिक आन्दोलनका लागि संघर्ष गरेको र पटकपटक सरकारको नेतृत्वको अनुभव संगालेको एमालेले जनताको दैनिक जीवनका समस्या र सरोकारलगायतका विषयमा थप प्रभावकारी भूमिका निवाह गर्नुपर्ने विषय भेलामा उठेको छ । भेलामा भुइँ तहका जनता मानिने किसान, मजदुर, साना व्यवसायी, शिक्षक, स्वास्थ्यकर्मी, महिला, युवा, विद्यार्थी ज्येष्ठ नागरिक तथा सीमान्तकृत समुदायका मुद्दामा पार्टीको सक्रियता बढाउन आगामी दिनमा खेलिनुपर्ने भूमिकाका बारेमा पनि व्यापक छलफल हुनुपर्ने आवाज उठेको छ ।
भेलामा पार्टीको संगठनात्मक जीवनमा देखिएका १४ प्रमुख समस्या औँल्याउँदै समाधानका लागि सुधारका लागि लिखित प्रस्ताव प्रस्तुत गरिएको छ । पार्टी सदस्यता वितरण र नवीकरणमा संख्याभन्दा गुणस्तरलाई प्राथमिकतादिँदै सदस्यताको अभिलेख पूर्णरुपमा डिजिटल बनाउनुपर्ने सुझाव दिइएको छ । अनुशासनहीनता, स्थायी गुटबन्दी, असहयोग र निर्वाचनमा अन्तर्घातलाई संगठनका गम्भीर चुनौतीका रुपमा प्रस्तुतगर्दै प्रमाणका आधारमा निष्पक्ष छानबिन र समयमै कारबाही गर्नुपर्ने सुझाव दिइएको छ ।