काठमाडौं,१ मंसिर । प्रधानमन्त्रि वालेन्द्र शाहको भारत भ्रमणको मिति तोक्न सकस भएको छभने जानकारहरुले प्रक्रियागत त्रुटीसमेत भएको बताएका छन् । प्रधानमन्त्रि निकटका सञ्चार माध्यमहरुले प्रधानमन्त्रीको दिल्ली बसाई केवल करिब २४ घण्टाको मात्र हुनसक्ने जनाएका छन् । यही मंसिर ६ गते भारत प्रस्थानगर्ने भोलिपल्टै मंसिर ७ गते स्वदेश फर्कनेगरी भ्रमण तालिका बन्नलागेको बताइएको छ । त्यसक्रममा उहाँले भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीसँग गोप्य वार्तागर्ने पनि बताइएको छ । प्रधानमन्त्रि वालेन्द्र मंसिर ६ गते दिउँसो १ः२५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थानगर्ने र दिउँसो करिब ३ बजे दिल्ली पुग्ने कार्यक्रम रहेको बताइन्छ ।
मंसिर ७ गते अपरान्ह ४ः२० बजे नेपाल वायुसेवा निगमकै नियमित उडानबाट स्वदेश फर्कने पनि भनिएको छ । अझै पनि भ्रमणको औपचारिक घोषणा र विस्तृत कार्यतालिका सार्वजनिक हुनसकेको छैन । भ्रमणको तयारी तथा आवश्यक समन्वयका लागि पर्यटनमन्त्री गनेश पौडेल आज मंगलबार दिल्ली जाने कार्यक्रम रहेको बताइन्छ । उक्त भ्रमणपछि प्रधानमन्त्रीको कार्यक्रम र भेटघाटको समयतालिकाको ठेगान लाग्नसक्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री वालेन्द्रले नयाँ सरकार गठन भएपछि एक वर्षसम्म विदेश भ्रमण नगर्ने बताउनु भएको थियोभने हाल आफैले तोड्न लाग्नुभएको छ ।
प्रधानमन्त्री वालेन्द्रको भ्रमणमा सबैभन्दा महत्वपूर्ण विषय भारतसँग आर्थिक सहयोग जुटाउनु रहेको पनि कतिपयले बताएका छन् । प्रधानमन्त्रिको भारत भ्रमणका सन्दर्भमा प्रक्रियागत त्रुटीरहेको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ । कतिपयले प्रधानमन्त्रि तत्काल भारत नजानु उपयुक्त हुने टिप्पणी गरेका छन् ।