
काठमाडौं,१ मंसिर । बर्तमान सरकारसँग वारकि पारको लडाइँ हुने प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेको दाबि गर्नुभएको छ । गृहजिल्ला पाँचथरमा हिजो आयोजित पाँचथर बहुमुखी क्याम्पसको साधारणसभालाई सम्बोधनगर्दै नेता आङ्देम्बेले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले न्यायालय, प्रहरी र कर्मचारी प्रशासनमाथि सरकारको हस्तक्षेप अत्यधिक बढेको आरोप लगाउनुभएको थियो । प्रधानमन्त्री कार्यालयलाई कर्मचारीका लागि यातना गृह बनाइएको दाबीगर्दै उहाँले राज्यका लोकतान्त्रिक संस्थाहरुमाथिको यस्तो हस्तक्षेप सैह्य नहुने दाबि पनि गर्नुभएको थियो ।
सरकारको कार्यशैलीप्रति आक्रामकरुपमा प्रस्तुतहुँदै उहाँले यो सरकारलाई यत्तिकासम्म हे¥यौँ । तर, न्यायालयमाथि हस्तक्षेप बढायो, प्रधानमन्त्री कार्यालयलाई कर्मचारीका लागि यातना गृह बनाइयो, प्रहरीमाथि हस्तक्षेप बढायो । राज्यका लोकतान्त्रिक संस्थाहरुमाथि हस्तक्षेप भयो। यो गलत छ । अब यो सरकारलाई कुनै साथ रहने छैन । कुनै सल्लाह पनि दिइने छैन । मनपरी गर्नेलाई सल्लाह दिनु कुनै अर्थ छैन । अब वार कि पार हुन्छ भन्नुभएको थियो ।
सोही क्रममा नेता आङ्देम्बेले संसदको अधिवेशन तत्काल आह्वानगर्न सरकारसँग जोडदार माग पनि गर्नुभएको थियो । उहाँले देशका सामुदायिक क्याम्पसहरुलाई आंगिक क्याम्पसमा रुपान्तरण गर्नुपर्नेमा जोडदिँदै प्रदेश सरकारले पनि उच्च शिक्षाको स्वामित्व लिनुपर्ने धारणा राख्नुभएको थियो । उच्च शिक्षा हाशिलगर्न पहाडी जिल्लाहरुबाट विद्यार्थीहरु शहरतर्फ पलायन हुनेक्रम बढेसँगै ग्रामीण क्षेत्रहरु रित्तिँदै गएकोप्रति चिन्ता व्यक्तगर्दै उहाँले सामुदायिक क्याम्पसहरुमा राज्यको लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो ।