काठमाडौं,१४ साउन । नेपाल बिद्युतप्राधिकरणले बिद्युत महसुलमा पुनराबलोकनगर्न बाध्य भएको छ । बिद्युत संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघिबढाएको छ । बिद्युतको अधिकतम उपयोग, आन्तरिक बिद्युतखपत विस्तार तथा उपभोक्तामैत्री महसुल प्रणाली विकासगर्ने उद्देश्यसहित प्राधिकरण सञ्चालक समितिले समिति गठनगर्ने निर्णय गरेको थाहा भएको छ । प्राधिकरणको सञ्चालक समितिको हिजा बसेको एक बैठकले हालको महसुल संरचनाको समग्र समीक्षागरी नयाँ प्रस्ताव तयारगर्न १५ दिनको समय सीमासहित समिति गठन गरिएको जनाएको छ । उक्त समितिले तयारगर्ने प्रतिवेदनका आधारमा नयाँ महसुल निर्धारणका लागि बिद्युतनियमन आयोगसमक्ष प्रक्रिया अघि बढाइने भनिएको छ ।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीकाअनुसार पछिल्ला वर्षहरुमा जलबिद्युतउत्पादन उल्लेख्य रुपमा बढ्दै गएको र वर्षायाममा उत्पादन भएको बिद्युतपूर्णरुपमा खपत हुन नसक्दा आन्तरिक उपभोग बढाउने नीति आवश्यक देखिएको छ । घरायसी तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी महसुल संरचनामा सुधारगर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभएको छ । प्राधिकरणले गार्हस्थ्य उपभोक्तालाई थप सहुलियत प्रदानगर्ने तथा उच्च बिद्युतखपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त र सहज दरमा बिद्युतउपलब्ध गराउने लक्ष्य राखेको छ । यसबाट उपभोक्ताको मासिक बिद्युतखर्चमा कमी आउनुका साथै उद्योगको उत्पादन लागत घट्ने अपेक्षा गरिएको छ । महसुल पुनरावलोकनका लागि सञ्चालक समितिका सदस्य शाहीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा तथा बिद्युतक्षेत्रका विज्ञ, उपभोक्ता प्रतिनिधि तथा नेपाल बिद्युतप्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।

त्यसैगरी सञ्चालक समितिले विगतका खरिद प्रक्रिया र सञ्चालनमा रहेका परियोजनासम्बन्धी उजुरी तथा गुनासोको अध्ययनगर्न अर्को छुट्टै छानबिन समिति पनि गठन गरेको छ । सञ्चालक समितिका सदस्य शम्भु केसीको संयोजकत्वमा प्राविधिक, कानूनीतथा सार्वजनिक खरिदसम्बन्धी तीनजना विज्ञ सदस्य रहनेछन्भने प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशक सदस्य सचिव रहनेछन् । छानबिन समितिलाई विगतका खरिद प्रक्रिया, सञ्चालन परियोजना तथा प्राप्त उजुरीको अध्ययन गरी सुधारका सुझावसहित दुई महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको बताइएको छ ।