काठमाडौं,१५ साउन । नेपाल मजदुर किसान पार्टीका बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले नागरिकको जीवन रक्षागर्न नसक्ने बर्तमान सरकार सत्ताबाट हट्नुपर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा ब्यक्तगर्दै उहाँले नागरिकको आधारभूत सुरक्षानै सरकारको प्रमुख दायित्व भएको र सुरक्षा दिननसक्ने सरकारको अस्तित्वमाथि नै प्रश्न उठिरहेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा सुनसरीमा भएको घटनालाई नियन्त्रणमा लिन र सम्भावित क्षति रोक्न राज्य संयन्त्र चुकेको उल्लेख गर्नुभएको छ ।

उहाँकाअनुसार पछिल्लो समय देशका विभिन्न भागमा सामाजिक सद्भाव खलबलिने खालका गतिविधिहरु भइरहँदा सरकारले प्रभावकारी कदम चाल्न नसकेको छैन । सुनसरीको कप्तानगञ्ज र आसपासका क्षेत्रमा दुई पक्षबिचको विवादले उग्र रुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारीगरेको छ । उक्त तनावको स्थिति क्रमशः बढ्दोक्रममा तराईका अन्य जिल्लाहरुमा पनि देखिएको छ ।