काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षका सभापति तथा पूर्ब प्रधानमन्त्रि शेरबहादुर देउवाले काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आजै आयोजित आफ्नो समूहको एक भेलालाई महत्वपूर्ण सम्बोधन गर्दै हुनुहुन्छ । उहाँलाई आजै काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बाजागाजा, अबिर र फूलमालासहित भब्य स्वागत गरिएको थियो । देउवा करिव छ महिनापछि स्वदेश फर्किनु भएको हो ।

उहाँलाई पार्टीका नेताहरु डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, जितजंग बस्नेत लगायतले स्वागत गर्नुभएको थियो । देउवा मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको थियो । विमानस्थल प्रवेशगर्ने गोल्डेन गेटको अगाडिको खाली ठाउँ, नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पताल अगाडिको खाली ठाउँमा कार्यकर्ता भेलाभएका थिए ।

उहाँलाई सांस्कृतिक बाजागाजासहितको झाँकीले स्कर्टिङ गरेर सुकेधारातर्फ लगेको थियो ।