काठमाडौं,२८ भदौ । आजबाट नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल छिमेकी चीनको साताब्यापि भ्रमणका लागि बेइजिङ पुग्दै हुनुहुन्छ । उहाँको यो चीन भ्रमण प्रधानसेनापति बनेपछिको पहिलो हो । प्रधानसेनापति सिग्देल आज भदौ २८ गतेदेखि आगामी असोज ३ गतेसम्म चीनमा रहनु हुने छ ।

भ्रमणका क्रममा हुने छलफलका बारेमा औपचारिक एजेण्डाहरु सार्बजनिक नगरिए पनि चीनसँगको सैन्य सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने बताइएको छ । नेपालमा गत बर्षको भदौ २३ र २४ गते भएको बिध्वंश र यहाँ बढ्दै गएका टिओबी र अमेरिकी गतिबिधिबारे गहन छलफल हुने संभावना रहेको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ ।