काठमाडौं,२८ भदौ । एमालेका अध्यक्ष केपी ओलीले बर्तमान सरकार सञ्चारमाध्यमको खिलापमा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ र छापा सञ्चारमाध्यम बचाउ अभियानका प्रतिनिधिहरुबाट आज पार्टीको केन्द्रिय कार्यालयमा ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष ओलीले यपरोक्त कुरा बताउनु भएको हो । उहाँले बर्तमान सरकारलाई छापा मारको संज्ञासमेत दिनुभएको थियो । अध्यक्ष ओलीले मिडियामाथिको प्रहार समग्र लोबताउँदै त्यस्ता प्रतिगामी कदम लामो समय नटिक्ने दाबि पनि गर्नुभएको थियो । छलफलका क्रममा ओलीले १०४ वर्ष टिकेको राणा शासन ढल्यो, ३० वर्षको पञ्चायत सकियो, राजा ज्ञानेन्द्रले २०६१ मा गरेको ‘कु’ ६३ सम्म पुग्दा राजतन्त्रकै अन्त्य भयो ।
त्यसैले अहिलेका संकीर्ण र स्वतन्त्रताविरोधी कदमहरु पनि धेरै लामो समय टिक्न सक्दैनन् भन्नुभएको थियो । छापामाध्यम (पत्रपत्रिका) बचाउ सुझाव कार्यदलका संयोजक दामोदर दवाडी लगायतका पत्रकारहरुले आज एमालेका एमाले अध्यक्ष ओलीसँग भेटगरेर बर्तमान सरकारको सञ्चार बिरोधी कदमबारे छलफल गर्नुभएको हो । संयोजक दवाडीले ओलीलाई बर्तमान सरकारकाले पत्रपत्रिका बन्द गराउन गरेको षडयन्त्रबारे जानकारी गराउँदै छापा माध्यम बचाउन सहयोगका लागि अपिल गर्नुभएको थियो ।
पत्रपत्रिकाले पाउँदैआएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरिएको, सरकारी बिज्ञापन निजी सञ्चार माध्यमलाई दिन रोकलगाइएको र राससको ग्राहक शुल्कमा चारदोब्बर बृद्धिगरिएको लगायतका बिषय उल्लेखगर्दै अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र समेत बुझाइएको थियो । आज आइतबार ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालय पुगेर कार्यदलका प्रतिनिधिहरुले अध्यक्ष ओलीलाई भेटगरी ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको हो ।