काठमाडौं,२७ साउन । एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच कुरा मिलेको थाहाभएको छ । दुई पार्टीबीच प्रदेश सरकारमा सहकार्य र्ने सन्दर्भमा भएको तीनबुँदे सहमति कार्यान्वयनगर्न मन्त्रालय बाँडफाँडको प्रस्तावित आधार तयगरिएको छ । एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सरकार गठनगर्दा सम्बन्धित प्रदेशसभामा सामान्यतया प्रत्येक दलको सिट संख्यालाई मुख्य आधार मानिने जनाइएको छ ।

मन्त्रालय बाँडफाँडगर्दा भने सामान्यतया दलहरुको प्रदेशसभा सदस्य संख्याको अनुपातलाई आधार बनाइने प्रस्ताव गरिएको छ । मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई समेत शक्ति सन्तुलनमा गणनागरिने उल्लेख छ । मन्त्रालय बाँडफाँडमा पालैपालो प्राथमिकता दिने व्यवस्था अपनाइने प्रस्ताव छ । जसअनुसार पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनोटगर्ने र दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनोटगर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यसपछि यहीक्रम पालैपालो दोहो¥याउँदै सबै मन्त्रालयको बाँडफाँड गरिने दुई दलले जनाएका छन् । गत नौगते दुई दलबीच प्रदेश सरकारहरुको नेतृत्वका सम्बन्धमा शीर्ष तहमा सहमति भएको भनिएको थियो ।