काठमाडौं,२७ साउन । भारतले नेपालका प्रधानमन्त्रि वालेन्द्र शाह भारत भ्रमणमा गएको खण्डमा सन् १८१६ मा भएको भनिएको सुगौली सन्धिका बाँकी कागजपत्र र सुस्ता तथा लिपुलेकको संझौतामा हस्ताक्षर गराउने तयारी गरेको रहस्य खुलेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले हिजो मंगलबार नियमित पत्रकार सम्मेलनकाक्रममा उपरोक्त संकेत गर्नुभएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उहाँले त्यसक्रममा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणका लागि गत चैत १३ गतैनै निमन्त्रणा दिइसकेको पनि बताउनु भएको थियो । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले हिजो संसदमा सुगौली सन्धिको सक्कल प्रति नभेटिएको बताएलगत्तै जयसवालले नेपाल र भारतबीचको सम्बन्ध राम्रो रहेको उल्लेखगर्दै कतिपय विषयमा दुई देशबीच सहमति नहुन सक्ने तर्क गर्नुभएको समाचारहरुमा उल्लेख छ ।

सुगौली सन्धिले नेपालको ठूलो भूभाग भारतमा गाभ्नुका साथै पश्चिमी तथा दक्षिणी सीमासम्बन्धी बिवादास्पद सहमति गरेको थियो । सोही सन्धिलगायत ऐतिहासिक प्रमाणका आधारमा नेपालले ०७७ सालमा लिम्पियाधुरासहितको नयाँ राजनीतिक नक्सा जारीगरेको थियो । उक्त नक्सालाई भारतले इन्कार गरेको छभने भारतले जारीगरेको नक्शालाई पनि नेपालले इन्कार गरेको छ । भारतले चीनसँग मिलेर नेपाली भूमि लिपुलेकबाट व्यापार थालेको छ । त्यसैगरी सुस्तामा प्रत्यक्ष हस्तक्षेप जारीराखेको छ । यसअघि गत सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भन्ने कुरा उठेको थियो ।

नेपाल र तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीबीच भएको उक्त सन्धिको मूलप्रति नेपालसँग वा बेलायतसँग छ ? भन्ने विषयमा सांसदहरुले प्रश्न उठाउनुभएको थियो । त्यसको जवाफमा परराष्ट्रमन्त्रि खनालले मूलप्रति नभेटिएको बताउनुभएको थियो । प्रधानमन्त्री वालेन्द्रको निकट भविष्यमै भारत भ्रमण हुने भनिएपनि भ्रमणको अन्तिम मितिभने अझै सार्वजनिक भइसकेको छैन ।

प्रधानमन्त्रि वालेन्द्रले गत जेठ १७ गते नेपालले पनि भारतीय भूमी अतिक्रमण गरेको आफूसँग प्रमाण छभनी दिनुभएको अभिब्यक्ति फिर्ता लिन र संसदको रेकर्डबाट हटाउन सडकदेखि सदनसम्म निरन्तर मागहुँदा पनि उहाँले आलटाल गरिरहनु भएको छ । जसलेगर्दा प्रधानमन्त्रि वालेन्द्रको भारत भ्रमण भएमा नेपाल ठगिनसक्ने अवस्था रहेको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ ।