
काठमाडौं,२७ साउन । सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको थाहाभएको छ । अदालतले हिजो मंगलबार असदको अनुपस्थितिमा सुनुवाइगर्दै करिब १४ वर्ष लामो गृहयुद्धका क्रममा भएका अत्याचारमा दोषी ठहरगरेको हो। सन् २०२४ को डिसेम्बरमा उहाँ सत्ताच्युत भएपछि गठन भएको अन्तरिम सरकारअन्तर्गत असद शासनकालमा भएका अपराधका लागि सुनाइएको यो पहिलो ठूलो फैसला भएको बिबिसीलगायतका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अन्तरिम नेतृत्वले ती अपराधमा न्याय र जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँदैआएको छ । इस्लामवादी नेतृत्वको विद्रोही समूहले तीव्र आक्रमणगर्दै दमास्कसतर्फ अघि बढेपछि असद सिरियाबाट भागेर रुस पुग्नुभएको थियो। दमास्कसस्थित अदालतका न्यायाधीश फखर अल–दिन अल–आर्यनको इजलासले असदलाई विभिन्न अपराधमा दोषी ठहर गरेको हो । ती अपराधमा पूर्वनियोजित हत्या, एकभन्दा बढी व्यक्तिको जानाजान हत्या, १५ वर्षमुनिका बालबालिकाको हत्या, यातना, यातनाका कारण मृत्यु तथा गैरकानूनीरुपमा पटक,पटक स्वतन्त्रताबाट वञ्चित गर्ने कार्य छन् ।
अदालतले यीकार्यलाई मानवताविरुद्धको अपराध तथा युद्ध अपराधकारुपमा वर्गीकरण गरेको छ ।