काठमाडौं, २५ साउन । अन्तराष्ट्रिय हवाई भाडा घटाउन माग हुनथालेको छ । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तरराष्ट्रिय हवाई भाडा महँगोहुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले पर्यटन पत्रकारसँग गरेको अन्तक्र्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तरराष्ट्रिय हवाई भाडा अत्यधिक महँगोहुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताउनुभएको छ । उहाँले पर्यटनलाई उद्योगकारुपमा मान्यता दिन, श्रम तथा सुरक्षा मापदण्ड बलियो बनाउन तथा अव्यावहारिक कर र नियम हटाउन सरकारसँग माग गर्नुभएको छ ।

अध्यक्ष शाहीले विदेशी वायुसेवा कम्पनीको एकाधिकार बढ्दै गएकोभन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप जहाज व्यवस्थापनगरी कम्पनी मोडलमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । सन् २००८ मा स्थापना भएको सोट्टो नेपालले पर्यटन क्षेत्रमा देखिएका विकृति र विसंगतिको अन्त्यगर्दै स्वस्थ तथा मर्यादित पर्यटन वातावरण निर्माणमा सक्रिय भूमिका खेल्दैआएको जनाएको छ । कार्यक्रममा सोट्टो नेपालका पूर्वअध्यक्ष भुवनबहादुर पाण्डेले आफूहरुले स्थापनाकालदेखि नै अन्तरराष्ट्रिय बजारमा नेपालको पर्यटन सम्भावना प्रवद्र्धनगर्दै आएको जानकारी दिनुभएको थियो ।