
काठमाडौं,२५ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने छभने सो पार्टी बिभाजन गराउन प्रमुख भूमिका निर्वाह गर्नुभएका गगन थापा र बिश्वप्रकाश शर्मा किनारा लाग्ने संकेत देखिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सोमबार दिनको १ बजे पुनः बस्दैछ । ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा हिजो आइतबारबाट शुरुभएको बैठकमा सबै विषय टुंगिन नसकेपछि आज सोमबार पुनः बैठक बस्नलागेको हो । हिजो आइतबार बसेको बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी, सरकारका गतिविधि र प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थितिसम्मका विषयमा छलफल भएको भनिएको थियो ।
पार्टीका सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषय र प्रस्ताव केन्द्रित विषयवस्तुबारे जानकारी गराउनु भएको थियो । त्यसैगरी महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक र वितरणकासाथै महाधिवेशन तयारी समिति र विधान मस्यौदा समिति गठनलगायत विषयलाई छलफलका लागि अघिसारिएको थाहा भएको छ । प्रचारप्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायत उपसमिति गठन र केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदनगर्ने विषय पनि बैठकका एजेन्डामा रहेका छन् ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशनको तयारीदेखि सरकारका १०० दिनको समीक्षा गर्नेसम्मका विषयलाई छलफलको एजेन्डा बनाएको छ । पार्टी एकताका लागि तत्काल गगन थापा र शेरबहादुर देउवा समूह मिलाएर १५ औ महाधिवेशन आयोजक समिति बनाउने तयारी छ । महाधिवेशनपछि डा. शेखर कोइराला वा डा. शशांक कोइरालामध्ये एकजना सभापति बनाउने दुबै समूहको भित्री तयारी रहेको बताइन्छ ।