काठमाडौं,९ असार । आजबाट छिमेकी चीन र भारतले टिंकरहुँदै कैलाश–मानसरोवर यात्रा शुरु गरेका छन्भने नेपालको सरकार मुकदर्शक भएको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ । चीनका लागि भारतीय राजदूत विक्रम दोराइस्वामीले चिनियाँ भूमिबाट हिजो लिपुलेक क्षेत्रको भ्रमण गरेको थाहा भएको छ । भारत र चीनका बीचमा कैलाश–मानसरोवर यात्रालाई पुनः सञ्चालनगर्ने तयारी भइरहेका बेला भएको विक्रमको उक्त भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आजदेखि भारतीय तीर्थयात्रीहरुका लागि दार्चुलाको टिंकर नाका खुल्दै छ । लामो समयपछि शुरु हुनलागेको कैलाश–मानसरोवर यात्राका लागि भारतीय तीर्थयात्रीहरु नेपाली भूमिहुँदै चीनको तिब्बत प्रवेशगर्ने तयारीमा रहेका छन् । लिपुलेक क्षेत्र नेपाल,भारत र चीनको त्रिदेशीय सीमानासँग जोडिएको भूभाग हो । नेपालले आफ्नो भूमि दावीगर्दै आएको सो नाकालाई भारतले कैलाश–मानसरोवर यात्राको प्रमुख मार्गका रुपमा प्रयोग गरेको छ । तर नेपालले उक्त हस्तक्षेपको कुटनीतिक प्रतिवादगर्न सकेको छैन ।