
काठमाडौं,९ असार । क्रान्तिकारी महिला संगठनको सम्मेलन मंसिरमा २६ र २७ मा हुने भएको छ । क्रान्तिकारी महिला संगठनको एक भेलाले संगठन पुनर्गठन पनि गरेको छ । पुनर्गठित क्रान्तिकारी महिला संगठनको संयोजकमा नेतृ शारदा महत चुनिनु भएको छ ।
भेलाले संगठनको राष्टिय सम्मेलन आगामी मंसिर २६ र २७ मा गर्ने पनि मिति तयगरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले शारदा महतको संयोजकत्वमा ३५ सदस्यीय पुनर्गठित केन्द्रीय समिति निर्माण गरेको हो । सो भेलाले ७ जनाको सचिवालय पनि गठन गरेको बताइएको छ ।