काठमाडौं,२६ साउन । कोशी अस्पतालका बिरामीलाई सेवा प्रवाहमा समस्या देखिएको थाहा भएको छ । कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको हो । कोशी अस्पताल, विराटनगरको सबैभन्दा पुरानो अस्पताल हो । पुरानो भवनबाट बिरामीको उपचारगर्न कठीन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । कूल ३५० शैयाको उक्त अस्पताललाई ठाउँको अभावले ३०० शैयाबाट सेवाप्रवाह गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख डा चन्द्रभाल झाले स्थानीय समाचारदाताहरुलाई जानकारी दिनुभउको हो । उहाँले अस्पतालका दुईवटा भवन निर्माण भइरहेको जानकारी पनि दिनुभएको छ ।
डा झाले उक्त भवन निर्माणपछि अस्पतालको कूल शैया ७५० पुग्छ । यसबाट बिरामीलाई सबै प्रकारको सुविधा प्रदानगर्न सजिलो हुने बताउनुभएको छ । नयाँ बन्दैगरेका दुईवटा भवनमध्ये पहिलो भवन लगभग सात हजार वर्गमिटरको एक बेससहित पाँचतले र दोस्रो दुईबेससहित १० तले ३३ हजार ७१० वर्गमिटरको छ । पहिलो भवनको सम्झौता ०७८ साल असार ३० गते भएको हो । भूमि निर्माण कन्सट्रशनले ३८ करोड ८७ लाखमा ठेक्का लिएको थियो ।
उक्त कम्पनीले बीचमा काम छाडेर भागेकाले निर्माण ढिलो भएको जानकारहरुको भनाई छ । हाल रमन कन्सट्रक्शनले काम शुरुगरेको छ । जसले गर्दा भवन निर्माणमा ढिलाइ भएको उहाँको भनाइ छ ।