काठमाडौं,२६ साउन । प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो विदेश भ्रमण भारतबाटै हुनेभएको छभने निम्ता लिएर भारतीय विदेशमन्त्रि एस जयशंकर काठमाडौं आउँदै हुनुहुन्छ । प्रधानमन्त्री बालेन्द्रलाई भेटेरै निम्तो दिन जयशंकर यही अगस्तको अन्तिम हप्ता नेपाल आउने तयारीमा रहनुभएको बताइएको छ । सोहीक्रममा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाला पनि काठमाडौं आउने हुनुभएको छ । अगस्त २६ तारिखका दिन काठमाडौंमा भारतीय सञ्चारमाध्यम एनडीटीभीले कार्यक्रमको आयोजना गरेको छ । यसै आसपास भारतका दुवै नेता काठमाडौं आउने र कूटनीतिक भेटवार्तागर्ने काठमाडौंस्थित भारतीय दूतावास निकट स्रोतहरुले जनाएका छन् । हिजो सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई वालेन्द्रले आफू पहिलो विदेश भ्रमण भारतबाटैगर्न इच्छुक रहेको जानकारी दिनुभएको थियो ।

राजदूत श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्रलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देशसँगै भारत भ्रमणका लागि निमन्त्रणासमेत हस्तान्तरण गर्नुभएको थियो । गत चैतमा नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै वालेन्द्रलाई भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले पठाएको सन्देश सहितको निम्तो प्रधानमन्त्रीसँग भेट्न नपाएपछि राजदूतले हस्तान्तरणगर्ने मौका पाउनुभएको थिएन । मोदीको निमन्त्रणा लिएर भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउने तयारी भएपनि प्रधानमन्त्री वालेन्द्रले भेटका लागि समय नदिएपछि स्थगित भएको भनिएको थियो । त्यसबारे डिजिटल माध्यमबाट प्रधानमन्त्री वालेन्द्रलाई जानकारी दिइएको थियो ।

भारतले सेप्टेम्बर १२–१३ मा दिल्लीमा ब्रिक्स (उदीयमान आर्थिक शक्तिराष्ट्र ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह) शीखर सम्मेलन आयोजना गर्दैछ। जसमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित सहभागी हुने कार्यक्रम छ । नेपाल ब्रिक्सको सदस्य नभए पनि प्रधानमन्त्री वालेन्द्रले भारत भ्रमणगर्ने निर्णय गरे र सोही समय तयभयोभने सी र मोदीसँग दिल्लीमै भेटगर्ने अवसर प्राप्तहुने कतिपयको भनाई छ । प्रधानमन्त्रि वालेन्द्रको भारत भ्रमणका क्रममा सीमा सम्बन्धी कतिपय संझौताको तयारी गरिएको बताइन्छ । उहाँले नेपालले भारतीय भूमी अतिक्रमण गरेकोभनी दिएको अभिब्यक्ति नेपालमा बिवादास्पद भएको छभने भारतमा प्रशंसा भएको छ ।