इस्लामाबाद, २६ साउन । मक्का संयुक्त रक्षा सम्झौताबारे छलफल भएको थाहाभएको छ । पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएअनुसार त्यहाँका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारले सोमबार इरानका विदेशमन्त्री अब्बास अराघचीसँग टेलिफोन वार्ता गर्नुभएको छ । फोनमा उहाँहरुले क्षेत्रीय र अन्तर्राष्ट्रिय विकासक्रम र विशेषगरी शान्ति तथा स्थिरता प्रवद्र्धनका प्रयासहरुबारे छलफल गरेको बताइन्छ ।

पाकिस्तानको विदेश मन्त्रालयको विज्ञप्तिअनुसार दारले अराघचीलाई हालै पाकिस्तान, साउदी अरब र टर्कीबीच हस्ताक्षर भएको मक्का संयुक्त रक्षा सम्झौताबारे जानकारी गराउनुभएको थियो । उहाँले सो सम्झौताको उद्देश्य रणनीतिक सहयोग सुदृढगर्ने र क्षेत्रीय शान्ति तथा सुरक्षामा योगदान पु¥याउने रहेको बताउनुभएको थियो ।