काठमाडौं,२८ कात्तिक । चीन भ्रमणमा जाने रास्वपाका सांसदहरुलाई सभापति रवि लामिछाने र प्रधानमन्त्रि वालेन्द्र शालले फरक, फरक सल्लाह दिनुभएको देखिएको छ । सभापति लामिछानेसँग जनवादी गणतन्त्र चीनको भ्रमणमा जान लाग्नुभएका सो पार्टीका सांसदहरुले आज बिहान छलफल गर्नुभएको थियो । सभापतिको निवासमा भएको छलफलमा रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलगायत नेता तथा सांसद सहभागी हुनुहुन्थ्यो । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को निमन्त्रणामा रास्वपाका महामन्त्री आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भोली कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाँदैछ ।

यसअघि प्रधानमन्त्री वालेन्द्र शाहसँग हिजो शुक्रबार भ्रमण टोलीका सांसदहरुले छलफल गर्नुभएको थियो । सभापति लामिछानेले चीनसँगको सम्बन्धलाई सुधार गर्नेगरी छलफलगर्न भन्नुभएको थियोभने प्रधानमन्त्रि वालेन्द्रको भनाई चिनियाँ परियोजना बिआरआईलाई निरुत्साहित गर्ने खालको रहेको थियो । उच्चस्तरीय भ्रमणलाई रास्वपा र सिपिसीले नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई थप सुदृढ र विस्तारगर्ने महत्वपूर्ण अवसरका रुपमा लिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले बताउनुभएको छ ।

महामन्त्री आचार्यको नेतृत्वमा चीन जाने टोलीमा सांसदहरु गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा राम लामा, पुनमकुमारी अग्रवाल, डा आनन्दबहादुर चन्द, डा सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहनुभएको छ ।