
काठमाडौं,२८ कात्तिक । नवलपुरको कावासोती नगरपालिका–२ मा रहेको नेकांका संस्थापक नेता बीपी कोइरालाको सालिक गएराति तोडफोड भएको थाहा भएको छ ।
जिल्ला पार्टी कार्यालय अगाडि रहेको उक्त सालिक तोडफोड भएपछि सालिक तोडफोड भएका तस्वीरहरु फेसबुकमा राख्दै कांग्रेस कावासोती–६ का सभापति दीपेन्द्र बस्यालले घटनामा संलग्नको तत्काल पहिचानगरी कानूनी कारबाहीगर्न माग गर्नुभएको छ ।