काठमाडौं, २८ जेठ । नागरिकतामा अझै षडयन्त्र भैरहेको आशंकागर्दै देशभक्त शक्तिहरु सरकारप्रति आशंकित देखिएका छन् । यसैक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पैसा कमाएकै कारण एनआरएनहरुलाई वंशजको नागरिकता दिननहुने बताउनुभएको छ । हिजो मंगलबारको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले नेपालमा नागरिकताको समस्या धेरै जटिल रहेको बताउनु भउको थियो । खुला सीमा भएका कारण भारतबाटमात्र नभइ उत्तर, दक्षिण लगायतका बिभिन्न देशहरुबाट नेपालमा आउनेहरुको लर्को रहेको बताउनु भएको थियो । आमा र बुबा दुवै नेपालीबाट जन्मिएको सन्तानलाईमात्रै वंशजको आधारमा नागरिकता दिनुपर्ने उहाँको भनाई थियो । उहाँले पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ र भन्दै प्रश्न पनि गर्नुभएको थियो । गैह्रआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकार दिएपनि त्यतिले नपुगेको उहाँको भनाई थियो । उहाँले नेपालमा नागरिकताको समस्या अत्यन्त जटिल समस्या रहेको छ । दक्षिणतिर मात्रै बोर्डर खुला छ भन्नेमात्रै होइन । उत्तर, दक्षिण, बर्मा बिभिन्न देशबाट मान्छेको ओइरो लागेको हो । हाम्रो पार्टीले के भन्दैआएको होभने आमा वंशजको, बुबा वंशजको यसबाट जन्मिएका सन्तानलाईमात्रै वंशजको नागरिकता दिनुपर्छ भन्ने हो । गैह्रआवासीय नेपालीहरुको समस्या र धेरै कुराहरु सुनियो । उपदेश पनि धेरै सुनिरहेको छ । उनीहरु यहाँ आउन पाउने र उनीहरुलाई वंशजको नागरिकता दिने होभने देश स्विट्जरल्याण्ड हुने जस्तो कुरा पनि सुनियो भन्नुभएको थियो । उहाँले ब्रिटिश गोरखाको हकमा पनि दुई देशबाट वंशजको आधारमा नागरिकता लिन नमिल्ने बताउनु भएको थियो । अध्यक्ष केसीले ब्रिटिश गोरखाको पनि त्यही छ ।
उता पनि वंशजको नागरिकता लियो, उहिले राणाकालमा सम्झौता भएर गएको निरन्तर हुनुपर्छ, दुईतिर नागरिकता लिन पाइन्छ रु संसदमा भोटिङ हुनुपर्छ यसबारेमा । मेरो एउटै भोट पर्ला फरक पर्दैन । विलौना सुनेपछि मन पगाल्ने काम नगरौँ भन्नुभएको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधनगर्न बनेको विधेयक हिजो २७ गते पारित भएको छ । समितिको हिजोको बैठकमा उक्त सर्वसम्मत रुपमा पारित भएको हो । सो विधेयकमाथि संशोधन राख्नुभएका सांसद र सरोकारवालासँगको छलफलपछि पारित भएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभएको थियो । उहाँले अत्यन्त महत्वपूर्ण मानिएको नागरिकता विधेयकलाई सर्वसम्मतरुपमा पारित गराउन सहयोग गर्नेप्रति आभार प्रकट गर्नुभएको थियो । सभापति खतिवडाले नागरिकता प्राप्तिमा देखिएका अप्ठयारालाई विधेयकले सम्बोधनगर्ने विश्वास व्यक्त गर्नुभएको थियो । त्यसअघि उक्त विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफदिँदै गृहमन्त्री रमेश लेखकले गैरआवासीय नागरिकताका बारेमा सरकारले बेग्लै विधेयक प्रस्तुतगर्ने बताउनुभएको थियो । उहाँले परराष्ट्र मन्त्रालयहुँदै उक्त विधेयक गृहमन्त्रालयमा आइसकेको छ ।
हामीले त्यसमा आफ्नो राय व्यक्त गरिसकेका छौँ भन्नुभएको थियो । वर्तमान सरकार गठन भएको ११ महिना पुग्दैगरेको उल्लेखगर्दै गृहमन्त्री लेखकले यस अवधिमा मन्त्रालमा नीतिगत, कानुनी र संरचनागत सुधारगर्ने क्रममा बिभिन्न विषयवस्तु भेटिएका र तिनलाई सुधारगर्ने क्रममा मन्त्रालय अघिबढेको बताउनुभएको थियो । उहाँले नेपाली नागरिकता ऐन २०६३ (दोस्रो संशोधन)मा प्रस्तावित संशोधनमाथि सम्बद्ध गैरआवासीय नेपाली नागरिकता र ब्रिटिस गोर्खाको विषय उठिरहेको छ । गैरआवासीय नेपाली नागरिकताका विषयमा संविधानले नै यो व्यवस्था गरेको छ । गैरआवासीय नेपाली नागरिकता आफैँमा एउटा नागरिकता हो । यसमा हामी दुविधामा बस्नु हुँदैन । किनभने यो संविधानको नागरिकता भागमा नागरिकता भनेर उल्लेख गरेको विषय हो भन्नुभएको थियो ।