काठमाडौं, २८ साउन । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको बिरोध जारी छ । यसैक्रममा राष्ट्रियसभामा सांसदहरुले हिजोको बैठकमा प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी मिडिया काउन्सिल विधेयक ल्याउन नहुने बताउनुभएको थियो । बैठकमा सांसद सावित्री मल्लले प्रेस स्वतन्त्रता कुण्ठितगर्ने र प्रेसलाई नियन्त्रण गर्नेगरी ल्याउन लागिएको मिडिया काउन्सिल विधेयकलाई मिडियामैत्री हुने गरी अघि बढाउनुपर्ने माग गर्नुभएको थियो । उहाँले भ्रष्टाचार, बलात्कार, मानव बेचबिखनजस्ता अपराधगर्ने अपराधिलाई आममाफी दिनेगरी मुलुकी अपराध संहिता संशोधनगर्न लागेकाले यो प्रक्रिया तत्काल रोक्नुपर्ने बताउनुभउको थियो । सांसद मल्लले बहुविवाहलाई मान्यता दिनेगरी कानून संशोधनगर्न लागिएको प्रक्रियता पनि तत्काल रोक्नुपर्ने माग गर्नुभउको थियो ।

उहाँले निजामती कर्मचारी सेवा विधेयकमा ‘कुलिङ पिरियड’ हटाउन भएको छलछाम छानबिन गर्न गठित संसदीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग पनि गर्नुभएको थियो । सांसद श्रीकृष्णप्रसाद अधिकारीले उखु किसानको भुक्तानीगर्न सरकारसँग माग गर्नुभयो । उहाँले चाडपर्व आउन लागेकाले बजारमा हुने गलत कार्य रोक्न र सडकमा सहज आवागमनको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।