काठमाडौं, १४ भदौ । नेपालमा बढ्दो वैदेशिक हस्तक्षेप समाधानमा जोड दिइएको छ । यसैक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छिमेकी मुलुक भारत र चीनले गरेको व्यापारिक सम्झौता मुलुकको राष्ट्रिय अस्मितामाथिको प्रहार भएको बताउनुभएको छ । पार्टीको काठमाडौं निर्वाचन क्षेत्र नं ७ ले आयोजना गरेको एक अन्तक्र्रियामा उहाँले नेपालको सिमाना लिपुलेकबाट व्यापारिक मार्ग सञ्चालनगर्ने निर्णय स्वीकार्य नहुने बताउनुभएको हो । उहाँले दुई देशबीचको व्यापारिक प्रयोजनका लागि गरिएको उक्त सम्झौताले मुलुकको राष्ट्रियतामाथि आँच आएको बताउँदै त्यस्तो गतिविधि हुननदिन सरकारले कूटनीतिक माध्यमबाट पहलकदमी लिनुपर्नेमा जोड दिनुभएको थिो । सरकारले विगतमा पठाएको कूटनीतिक नोटहरुले यस्तो सम्झौता रोकिएको बताउँदै उहाँले महाकाली सम्झौतामा कालि नदीलाई सीमा मानिएकाले त्यसलाई अवरोध गर्नेगरी भएका हस्तक्षेपको कूटनीतिक पहल गरेर समाधान गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
उहाँले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसिसी) सम्झौता पनि राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर गरिएकाले त्यो राष्ट्रियताको भावनाविपरीत कार्यान्वयन हुननसक्ने उल्लेख गर्नुभएको थियो । देशमा कम्युनिष्ट आन्दोलनमा उतार–चढाव आएकाले कम्युनिष्ट नेतृत्वको सरकारले पनि जनताको पक्षमा कामगर्न नसकेको बताउँदै उहाँले अहिले उनीहरु असन्तुष्ट रहेकाले वामपन्थी शक्तिलाई गोलबद्ध गर्ने प्रयास भइरहेको उहााको भनाई थियो । समाजवादी मोर्चालाई थप सुदृढ गरी बिभिन्न रुपमा विभाजित कम्युनिष्ट शक्तिबीच एकताबद्ध गरिने बताउँदै अध्यक्ष नेपालले त्यसको आधार बहुदलीय प्रतिस्पर्धात्मक समाजवाद हुने बताउनु भएको थियो ।
बागमती प्रदेशमासभा सदस्य वसन्त मानन्धरले संवैधानिक निकायमा भागवण्डाले विकृति ल्याउने भएकाले त्यसको विकल्प खोज्नुपर्ने विचार व्यक्त गर्नुभउको थियो । उहाँले मुलुकको प्रत्येक क्षेत्रमा बिचौलिया हाबी भएकाले विकास निर्माणका कार्यले गति लिन नसकेको बताउँदै त्यसका असरले युवा श्रमशक्ति पलायन भएकामा चिन्ता व्यक्त गर्नुभउको थियो ।