काठमाडौँ, ३१ भदौ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले शान्ति, सहकार्य र आपसी विश्वासमार्फत समाज र नागरिकका आक्यांक्षा सम्बोधनगर्न सकिने धारणा राख्नुभएको छ । उपाध्यक्ष घिमिरेले एक विज्ञप्तिमार्फत नागरिकले आफ्ना विचार सार्वजनिकगर्नु, माग प्रस्तुतगर्नु र असन्तुष्टि व्यक्तगर्नु नै लोकतान्त्रिक अधिकार भएको बताउनुभयो । उहाँले कुनै पनि आन्दोलनले हिंसात्मक रुप लिँदा त्यसले समाजमा विभाजन, असुरक्षा र अविश्वास सिर्जनागर्ने उल्लेखगर्दै पछिल्लो पटकको प्रदर्शनले समाजका केही गहिरा असन्तुलन र दीर्घकालीन समस्या उजागर गरेकाले त्यसलाई संवाद र सहकार्यको बाटोबाट सम्बोधनगर्न आग्रह गर्नुभएको छ ।
उपाध्यक्ष घिमिरेले प्रदर्शनमार्फत उठाइएका माग, आवाज र असन्तुष्टिलाई लोकतान्त्रिक प्रक्रियाभित्र समेट्दै दिगो समाधानको बाटो खोज्नु हाम्रो सामूहिक जिम्मेवारी हो भन्नुभएको छ । राज्यका निकायले नागरिकको आवाज सुन्ने, समस्या सम्बोधनगर्ने र दिगो समाधान खोज्ने प्रतिबद्धता जनाउन जरुरी रहेको उपाध्यक्ष घिमिरेको भनाइ छ । जेनजीको प्रदर्शनका क्रममा गत २३ र २४ गते भएको घटनाको गहिरो अनुसन्धान गरी दोषीमाथि कारवाही हुनुपर्नेमा जोड दिनुभएको छ ।