रायपुर, ९ असोज । भारतमा माओवादी गतिबिधि बढ्ेको छभने नेपालमा सुरक्षा चुनौती थपिएको बताउन थालिएको छ । एएफपी लगायतका अन्तराष्ट्रिय सञ्चार संस्थाले जनाएअनुसार भारतीय सुरक्षा बलले गत हप्ता छापामारहरुले एकतर्फीरुपमा लडाइँ रोक्ने घोषणा गरेयता पहिलो ठूलो आक्रमणमा दुई वरिष्ठ कमान्डरसहित पाँच माओवादी विद्रोहीहरुलाई गोली हानेर मारेको छ । नयाँ दिल्लीले दशकौं लामो द्वन्दलाई दबाउन चौतर्फी आक्रमण शुरुगरेको छ र मार्च २०२६ सम्ममा माओवादी विद्रोहलाई समाप्तगर्ने भनेको छ । पछिल्लो पटक झारखण्ड र छत्तीसगढमा गोली हानाहान भएको बताइएको छ । प्रहरी महानिरीक्षक माइकलराज एसले एएफपी समाचार समितिलाई दिएको जानकारीअनुसार जनमुक्ति परिषद् (जेजेएमपी) का तीनजना सदस्य सुरक्षाकर्मीसँगको गोली हानाहानमा मारिएका छन् । गत साता माओवादीले सशस्त्र संघर्ष स्थगित गरेको र सरकारसँग वार्ताको प्रस्ताव गरेको प्रचार गरिएको थियो ।

गत सोमबार सुरक्षा फौजले मध्य भारतको अबुझमाद क्षेत्रमा दुई शीर्ष माओवादी नेताहरु कट्टा रामचन्द्र रेड्डी र कादरी सत्यनारायण रेड्डीको हत्या गरेको दाबिगरेको थियो । विगत तीन दशकदेखि सक्रिय रहेको र सुरक्षा फौजमाथि भएका कैयौँ घातक आक्रमणका लागि उनीहरुमाथि आरोप लगाइएको बताइएको छ । भारतका गृहमन्त्री अमित शाहले सामाजिक सञ्जालमा हाम्रा सुरक्षा बलले योजनाबद्ध ढंगले नक्सलवादीको शीर्ष नेतृत्वलाई ध्वस्त पारिरहेका छन् र रेड टेररको मेरुदण्ड तोडिरहेका छन् भन्ने उल्लेख गर्नुभएको छ । अहिलेसम्म ४५० जना माओवादी मारिएको भारतीय सरकारको दाबि रहेको छ । जसको स्वतन्त्ररुपमा पुष्टि हुन सकेको छैन । सन् २००० को दशकको मध्यमा करिव १५,००० देखि २०,००० लडाकुहरुको साथ भारतीय माओवादीले देशको लगभग एकतिहाइ भाग नियन्त्रणमा लिएको थियो ।