काठमाडौं, १२ असोज । भदौको बिध्वंशबाट बीमा दाबीमात्रै २३ अर्ब ३९ करोड पुगेको थाहाभएको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएका भौतिक संरचनाको बीमा दाबी २३ अर्ब ३९ करोड २७ लाख बराबरको परेको छ । नेपाल बीमा प्राधिकरणकाअनुसार बीमा दाबीको सूचना आउनेक्रम जारीरहेको छ । हालसम्म सम्पत्ति बीमा ५९४, मोटर बीमा दुई हजार २०९, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य बीमाका ३० वटा आवेदन परेको छ । सबैभन्दा धेरै बीमा दाबी बागमती प्रदेशको रहेको छ । सो प्रदेशमा एक हजार ६०८ वटा बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । कोशीमा ३७७, मधेशमा ३२३, गण्डकीमा २१९, लुम्बिनीमा २५४, कर्णालीमा २५ र सुदूरपश्चिममा १८२ वटाको दाबी परेको छ ।

हालसम्म कूल दुई हजार ९८८ वटा बीमा दाबीको आवेदन परेको छ । भौतिक क्षति धेरै भएकाले दावीको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । प्राधिकरणको विवरणअनुसार, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा र पाँच अर्ब ४५ करोड ९३ लाख बराबरको दाबी आवेदन परेको छ । त्यस्तै दि ओरियन्टल इन्स्योरेन्समा पाँचअर्ब २३ करोड २४ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई अर्ब ७९ करोड ६६ लाख, शिखर इन्स्योरेन्समा दुई अर्ब ३९ करोड १३ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा एक अर्ब ५७ करोड ५९ लाख बराबरको बीमा दाबीको आवेदन परेको बताइएको छ ।