काठमाडौं, १४ असोज । ललितपुरस्थित नख्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको छ । एक सूचना जारी गरी प्रदर्शनका क्रममा गत भदौ २४ गते फरार रहेका कैदीलाई फर्किएर आउन कारागार प्रशासनले आग्रह गरेको हो । कारागारले यस कार्यमा सहयोगगर्न कैदीबन्दीका परिवारजन, सुरक्षा निकाय, स्थानीय तह, सञ्चारमाध्यम, सम्बन्धित सरकारी कार्यालय तथा सरोकार भएका सबैमा अनुरोध गरेको छ । कारागार प्रमुख सत्यराज जोशीकाअनुसार बिभिन्न मुद्धामा दोषी ठहरभई कारागारमा रहेका कैदीबन्दीमध्ये एकहजार २८० कैदीबन्दी फरार रहेकामा हालसम्म ५८७ जना फर्किसकेका छन् । फरारमध्ये करिब ५० जना देशभरका अन्य कारागारमा रहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । जोशीले करिब ६५१ जना अझै फरार छन् ।

यसअघि भदौ २६ गते कैदीबन्दीलाई फर्की आउन सार्वजनिक अपिल गरिएको थियो । पछि कारागार व्यवस्थापन विभागबाट यही असोज १० गतेको फरार कैदीबन्दी खोजी तथा पक्राउ अभियान सञ्चालनगर्न परिपत्र गरिएअनुसार सम्पर्कमा आउने भनेका छौँ भन्नुभयो । विभागले तोकेअनुसार असोज २० गते सोमबारसम्म कारागार नफर्केमा कारागार ऐन २०७९ लगायत अन्य प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी गराइएको छ ।