काठमाडौं, । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहन बिक्रम सिंहले साम्राज्यवादीहरुले नयाँ भनिएका पार्टीलाई प्रयोग गरिरहेको खुलाशा गर्नुभएको छ । उहाँको विशेष उपस्थितिमा प्युठानको स्वर्गद्वारी नगरपालिकास्तरीय राष्ट्रिय जनमोर्चाका अगुवा कार्यकर्ता भेला भिग्रीमा बोल्दै उपरोक्त कुरा बताउनु भएको हो । त्यसक्रममा उहाँले अमेरिकी साम्राज्यवादको प्रत्यक्ष हस्तक्षेपका कारण नेपाल अप्ठ्यारोमा परेको बताउनु भएको थियो । उहाँले अमेरिकाको नीति चीनलाई घेर्ने उदेश्य रहेको छ । ती दुइ देशको लडाइँमा नेपाल अछुतो रहन सक्तैन नेपाली भूमि प्रयोग नगरिकन अर्को बाटो छैन भन्नुभएको थियो । उहाँले नेपाललाई युद्ध मैदान गराउने रणनीतिअनुसार अमेरिकी साम्राज्यवादले नेपालमा विकल्पको नाममा नयाँ भनिएका राजनीतिक पार्टीलाई प्रयोग गरिरहेको खुलाशा गनुृभएको थियो । सोही कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार तिलक जिसीले आफूले लगातार जिल्लामा जनताको दुखसुखमा साथदिदै आएको वास्तविक प्युठानको आम जनताको भावना बुझेर कामगर्दै आएकाले आफूलाई जिताउन सबैसँग आग्रह गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका सल्लाहकार शुरेस थापा, राष्ट्रिय जनमोर्चाका नेता बासु पोख्रेल, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष ईमान सिंह खड्का, पार्टीका जिल्ला सल्लाहकार मिनराज राना, समानुपातिक उम्मेद्वार लक्ष्मी पन्थी, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष कमल पौडेल, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य जुमानसिंह केसी लगायतले पनि मन्तव्य दिनुभएको थियो । कार्यक्रमको अध्यक्षता पार्टीका नगरसमितिका अध्यक्ष गिरबहादुर गुरुङले र सञ्चालन राजमोका नगर सचीव दोर्ण रावलले गर्नुभएको थियोे ।