काठमाडौं,१८ चैत । आज एमालेको संसदीय दलको बैठक बस्दैछ भने सो पार्टीका उपाध्यक्ष तथा सांसद रामबहादुर थापालाई संसदीय दलको नेता बनाइने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो बसेको सचिवालयको बैठकले आज बुधबार अपरान्ह ३ बजे संसदीय दल बैठक बोलाउने निर्णय गरेको हो । आज बस्ने संसदीय दल बैठकले दल नेता चयन गर्ने छ । संसदीय दलको बैठकको संयोजनगर्ने जिम्मा पहिलो वरियताका उपाध्यक्षसमेत रहनुभएका प्रतिनिधि सभाका सांसद रामबहादुर थापालाई दिइएको थाहा भएको छ ।

गत फागनु २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ सिट जितेको थियो । प्रत्यक्षतर्फ कुनै पदाधिकारीले चुनाव जित्न सकेका थिएनन् । समानुपातिकबाट पहिलो वरियताका उपाध्यक्ष रामबहादुर थापा, सचिव पद्मा अर्याल, पूर्वउपाध्यक्ष गुरु बराल लगायत निर्वाचित हुनुभएको छ । प्रतिनिधि सभाको पहिलो बैठक भोली बिहीबार दिउँसो २ बजे बस्दैछ ।